भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौं । पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिए।

उनका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् । यो स्थानमा विगत तीन वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो ।

बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रीलाई समस्या भएको छ ।

 


Thali Mobile Pvt.Ltd.