भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको छः गभर्नर

अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको छः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने बताएका छन् ।आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राज्य र केन्द्रीय बैङ्कले लिएका नीतिले बजारमा सकारात्मक प्रभाव देखिन थालेको उनले बताए । अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको भन्दै भने राज्यले समेत सकारात्मक पहल गरिरहेको उनको भनाइ छ ।

अर्थतन्त्र सकारात्मक दिशामा रहेको देखाउने एउटा आधार अटो शो रहेको समेत उनले बताए । यो वर्ष लचिलो मौद्रिक नीति आएको भन्दै यो निजी क्षेत्रको मनोबल उठाउन महत्त्वपूर्ण हुने गभर्नर अधिकारीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.