भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रम्पलाई गरेको फोन मस्कले उठाए

ट्रम्पलाई गरेको फोन मस्कले उठाए

काठमाडौं । अमेरिकी राष्ट्रपतिको सपथ लिन अझै दुई महिना बाँकी छ । तर, यसअघि नै देश विदेशका समस्या समाधान गर्ने तयारीमा जुटेका छन् । यस सम्बन्धमा उनको पहिलो प्राथमिकता रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने हो । ट्रम्पले द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्ने कुनै पनि विदेश नीति विशेषज्ञलाई जिम्मेवारी नदिएको कुरा अहिले बाहिर आएको छ ।

बरु ट्रम्पले यसका लागि आफ्ना निकटतम समर्थक एलन मस्कलाई अगाडि सारेका छन् । यसअघि ट्रम्पले राष्ट्रपति बनेपछि युद्ध सुरु नगर्ने तर अन्त्य गर्ने बताएका थिए । यति मात्र होइन, उनले मस्कलाई आफ्नो प्रशासनमा ठूलो जिम्मेवारी दिने पनि बताए । अब केही अमेरिकी सञ्चारमाध्यमहरूले पनि स्रोतलाई उद्धृत गर्दै यसबारे दाबी गरेका छन् ।

ट्रम्पले भर्खरै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेको बताइएको छ । अचम्मको कुरा के छ भने यो कुराकानीमा ट्रम्प र जेलेन्स्की मात्र नभई मस्क पनि संलग्न थिए । विभिन्न मिडियाले जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन मस्कले उठाएको भन्दै ट्रोल पनि गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.