काठमाडौं । अमेरिकी राष्ट्रपतिको सपथ लिन अझै दुई महिना बाँकी छ । तर, यसअघि नै देश विदेशका समस्या समाधान गर्ने तयारीमा जुटेका छन् । यस सम्बन्धमा उनको पहिलो प्राथमिकता रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने हो । ट्रम्पले द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्ने कुनै पनि विदेश नीति विशेषज्ञलाई जिम्मेवारी नदिएको कुरा अहिले बाहिर आएको छ ।
बरु ट्रम्पले यसका लागि आफ्ना निकटतम समर्थक एलन मस्कलाई अगाडि सारेका छन् । यसअघि ट्रम्पले राष्ट्रपति बनेपछि युद्ध सुरु नगर्ने तर अन्त्य गर्ने बताएका थिए । यति मात्र होइन, उनले मस्कलाई आफ्नो प्रशासनमा ठूलो जिम्मेवारी दिने पनि बताए । अब केही अमेरिकी सञ्चारमाध्यमहरूले पनि स्रोतलाई उद्धृत गर्दै यसबारे दाबी गरेका छन् ।
ट्रम्पले भर्खरै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेको बताइएको छ । अचम्मको कुरा के छ भने यो कुराकानीमा ट्रम्प र जेलेन्स्की मात्र नभई मस्क पनि संलग्न थिए । विभिन्न मिडियाले जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन मस्कले उठाएको भन्दै ट्रोल पनि गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वासिङ्टन, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (EU) र मेक्सिकोलाई लक्षित गर्दै आगामी अगस्ट १ देखि ३० प्रतिशत आयात कर लगाइने घोषणा गरेका छन्। ट्रम्पको यो...
अहमदाबाद, २८ असार । भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान जून १२ मा दुर्घटनामा परेको थियो। प्रारम्भिक प्रतिवेदन अनुसार, विमानका दुवै इन्जिन लगभग एकैसाथ...
गाजा, एजेन्सी, २७ असार। इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा ज्यान गुमाउने पत्रकारको संख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु...
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...