भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्‍बाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्‍बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने भएका हुन् ।

आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने सुझाव दिएपछि मुख्यमन्त्री जम्कट्टेल सोही अनुसार तयार भएको बताइएको छ ।

विश्वासको मत लिने मिति भने एमालेका मन्त्रीहरूको राजीनामा पछि तय गरिने उनको भनाई छ । बैठकमा एमालेका मन्त्रीहरूको राजीनामा पछि संसद् बैठकका रणनीति र भूमिकाका बारेमा छलफल भएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.