अकबरे खुर्सानी अर्थोपार्जनको प्रमुख बाली, विदेशमा माग बढ्याे

अकबरे खुर्सानी अर्थोपार्जनको प्रमुख बाली, विदेशमा माग बढ्याे

इलाम । नगदेबालीको प्रमुख बाली अकबरे खुर्सानी यहाँका किसानको लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले भएकाले किसानले अकबरेलाई व्यावसायिक खेती गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय बजारबाट अत्याधिक माग आउन थालेपछि किसानले अन्य बाली मासेर भएपनि अकबरे खुर्सानीलाई प्राथमिक्ता दिएका छन् । लाखभन्दा बढी आम्दानी लिन सकिने भएकाले पनि यसलाई किसानले सहजरूपमा खेती गर्न सकिने र कम मिहिनेतमा बढी आमदानी लिन सकिने बताएका छन् ।

अकबरेबाट उल्लेखीय आम्दानी लिन सकिने भए पनि रोगले सखाप पार्न नदिन सरकारले विशेष योजना बनाएर प्रोत्साहन दिनु पर्ने किसान डिल्ली चापागाईंले बताए । अकबरेबाट डेढ लाख कमाइ भएको भन्दै चापागाईंले यसैमा जोड दिएको बताए । तर यो वर्ष पानी र हुस्सु परेकाले उत्पादन घट्न सक्ने अनुमान किसानको छ ।

Akbareअकबरे खुर्सानीको माग गर्मी भन्दा पनि चिसोमा मौसममा बढी हुनेगरेको उनको भनाई छ । घरघरबाटै ४८० देखि ५०० प्रतिकिलोका दरले बिक्री भइरहेको अकबरे खुर्सानी भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले बढी माग गरेको किसानको दाबी छ ।

माग पनि अत्याधिक भएकाले पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरे खुर्सानीको विशेष व्यावसायिक खेती गर्दै आएका छन् । यता कृषि ज्ञान केन्द्र इलामले १५५ हेक्टर क्षेत्रफलमा अकबरे खेती हुँदै आएको जानकारी दिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.