भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

देशका विभिन्न भागमा चिसो बढेसंगै बाक्लो हुस्सु

देशका विभिन्न भागमा चिसो बढेसंगै बाक्लो हुस्सु

काठमाडौं । केही दिन यता मौसममा आएको परिवर्तनले तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लागेसंगै चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले मुलुकभर तराईमा बाक्लो हुस्सु र चिासो बढेको हो ।  उत्तर–पश्चिमी वायुको प्रभावले पश्चिम तथा मध्य तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु लागेको र चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

शुक्रबार यो वर्षकै सबैभन्दा कम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएसंगै काठमाडौँ उपत्यकामा शनिबार तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबारको तुलनामा केही बढी तापक्रम भएको महाशाखाले जनाएको छ ।शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान रहेको छ । शनिबार काठमाडौँ उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.