भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

अघिल्लै सरकारको बजेट कार्यान्वयन गरिरहेछुः अर्थमन्त्री

अघिल्लै सरकारको बजेट कार्यान्वयन गरिरहेछुः अर्थमन्त्री

काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अर्थमन्त्री शर्माले बिहीबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९, ०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिर्दै यस्तो बताएका हुन ।

सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफुले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको बताए । मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताए । उनले त्यो बेला टेन्डर भएका सडकलाई भने आफुले नरोकेको पनि बताए ।

अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताए । उनले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार,सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिवी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्री शर्माले मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिता त्यता तिर रहेको बताए । राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको जिकिर गरे ।

अर्थमन्त्री शर्माले नेपालमा सबै कुराले अनकुलता रहेकाले अनकुलतालाई प्रयोग गरेर मुलुकको गरिवी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने बताए । स्रोत साधनले धनी छौं त्यसको भरपुर प्रयोग गर्न कानुनी सहजता, संरचनागत पुनसंरचना गरेर जानु पर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले इन्धनको मूल्य बढ्दा हरेक क्षेत्रमा असर पर्ने गरेको भन्दै यसतर्फ पनि आफ्नो ध्यान गएको जानकारी दिए । पछिल्लो समय युक्रेन र रुसको युद्धको प्रत्येक्ष प्रभावका नेपालको अर्थतन्त्र परेको अर्थमन्त्री शर्माले टिप्पणी गरे ।

 


Thali Mobile Pvt.Ltd.