भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अजरबैजान र आर्मेनियाबीच फेरि सैन्य झडप

अजरबैजान र आर्मेनियाबीच फेरि सैन्य झडप

काठमाडौं । अजरबैजान र आर्मेनियाबीच फेरि लडाइँ छेडिएको छ। नागोर्नो काराबाख क्षेत्रमा रहेका दुईवटा गाउँको स्वामित्वलाई लिएर यी दुई छिमेकी मुलुक फेरि सैन्य झडपमा उत्रिएका हुन्। अजरबैजानको सेनाले काराबाख क्षेत्रका दुई गाउँलाई घेराबन्दी गरेको र त्यहाँ आर्मेनियाली सेना रहेको बताइएको छ। दुई मुलुकबीच झडप भएपछि शान्ति स्थापनाका लागि पहल गरिरहेको रुसले त्यहाँ आफ्ना शान्ति सैनिक पठाएको छ। अजरबैजानको रक्षा मन्त्रालयले पछिल्लो झडपमा आफ्ना चार सैनिक मारिएको जानकारी दिएको छ। आर्मेनियाले पनि अजरबैजानले गरेको सैन्य कारबाहीमा आफ्ना ६ जना लडाकु मारिएको बताएको छ।

नागोर्नो काराबाख क्षेत्रमा किन भिडे‌ आर्मेनिया र अजरबैजान दुवै पक्षले एक–अर्कोविरुद्ध हमला गरेको आरोप लगाएका छन्। पछिल्लो झडप नागोर्नो काराबाखको दक्षिणी क्षेत्रका गाउँमा भएको हो। नोभेम्बर १० तारिखमा दुई देशबीचको युद्ध समाप्त भएको थियो तर आर्मेनियाली सेनाको एक टुकुटी पछिल्लोपटक झडप भएको चाइलाक्काला भन्ने गाउँमा बसेको थियो। नागोर्नो काराबाख क्षेत्रमा सेप्टेम्बर २७ मा अजरबैजान र आर्मेनियाबीच युद्ध शुरु भएको थियो।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको मध्यस्थतामा दुवै देश नोभेम्बर १० तारिखमा युद्धविराम गर्न सहमत भएका थिए। पछिल्लो सम्झौतासँगै यो क्षेत्रका सात इलाका अजरबैजानको नियन्त्रणमा आएको छ। यसअघि ती क्षेत्र आर्मेनियाले कब्जा गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.