भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

अज्ञात व्यक्तिहरूले जेलमा आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गयाे

अज्ञात व्यक्तिहरूले जेलमा आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गयाे

एजेन्सी ।  मेक्सिकाेकाे एक बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए।

सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो। मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरूले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए। जेलका अधिकारीहरूका अनुसार उनीहरू बिहानको समयमा ठूलो संख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए। सो आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल पुर्‍याइएको छ।

त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन्। उनीहरूलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन। त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ। जेलका अधिकारीहरूले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरूले हमला गरेका अनुमान गरिएको बताएका छन्।

उक्त जेलकाे थप सुरक्षाका लागि अहिले सो जेलमा थप सुरक्षाकर्मीहरू राखिएकाे अधिकारीहरूले बताएका छन्। ‍

 


Thali Mobile Pvt.Ltd.