भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अधिवक्ता डा.रेग्मीले गरेको रिट निवेदन सर्वोच्च अदालतद्धारा खारेज

अधिवक्ता डा.रेग्मीले गरेको रिट निवेदन सर्वोच्च अदालतद्धारा खारेज

काठमाडौं । प्रधानन्यायाधीशविना संवैधानिक इजलासको काम कारवाही रोक्न मागदावी गर्दै अधिवक्ता डा. गणेश रेग्मीले गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । गत भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविना संवैधानिक इजलास सञ्चालन गर्न नहुने माग राखी रेग्मीले निवेदन दिएका थिए ।

१७ भदौमा न्यायाधीश हरि फुयालको एकल इजलासले संवैधानिक इजलास सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । उक्त आदेशका कारण सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ ७ महिना अवरुद्ध भएको थियो ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले रेग्मी र अधिवक्ता दीपकविक्रम मिश्रले दिएको अलग अलग रिट निवेदन खारेज गरेको हो ।

निवेदन खारेज भएसँगै १७ भदौमा न्यायाधीश फुयालको इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास सञ्चालन नगर्न भनी दिएको अन्तरिम आदेश पनि स्वतः निष्क्रिय भएको छ ।

 


Thali Mobile Pvt.Ltd.