भर्खरै : Sorry, your browser does not support inline SVG.

अपांगता व्यक्तिको हक–हितका लागि शक्तिशाली आयोग बनाउन सरकार प्रतिवद्व

अपांगता व्यक्तिको हक–हितका लागि शक्तिशाली आयोग बनाउन सरकार प्रतिवद्व

काठमाडौं । अपांगता भएका व्यक्तिसम्बन्धी शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

अपांगता भएका व्यक्तिहरुको मानव अधिकार रक्षा, उनीहरुको सशक्तीकरण तथा विकासका लागि सरकार सैद्धान्तिक, राजनीतिक तथा व्यावहारिक रुपमा प्रतिबद्ध रहेको बताए ।

संघ, प्रदेश र स्थानीय सरकारका वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत अपांगता र फरक क्षमता भएका व्यक्तिहरुको अधिकार संरक्षण, परिचय पत्र वितरण, तथ्यांक संकलन लगायतका लक्षित कार्यक्रम सञ्चालन भईरहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले त्यसलाई थप प्रभावकारी बनाई उनीहरुको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि सरकार लागिपरेको पनि बताए ।

 


Thali Mobile Pvt.Ltd.