काठमाडौँ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी भएको छ । सत्ता हस्तान्तरणका लागि समन्वयात्मक परिषद्का सदस्यहरु र तालिवानका नेताहरुबीच कतारको दोहामा भेटवार्ताको तयारी भएको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
राष्ट्रपति अशरफ घानीले मुलुक छोडेपछि पूर्वराष्ट्रपति हमिद कारजाइको अगुवाईमा तालिबानी नेतालाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न लागिएको हो। अलजजिराका अनुसार परिषद्का सदस्य रहेका इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यार आज दोहा जादैछन् ।

