भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तानमा भारतीय दूतावास पुनः सञ्चालनमा

अफगानिस्तानमा भारतीय दूतावास पुनः सञ्चालनमा

काठमाडौं । तालिबानीहरु अफगानिस्तानको नेतृत्वमा आएपछि बन्द भएको भातदीय दूतावास भारत सरकारले राजधानी काबुलमा आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याएको छ। कम्तिमा १ हजार मानिसको मृत्यु हुने गरी बुधबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएर मानवीय क्षति भएपछि राहात वितरण कार्य सञ्चालन गर्न र आफ्नो कुटनीतिक कार्यहरु अगाडी बढाउन भारतले दूतावास सञ्चालनमा ल्याएको हो ।

भारत सरकारले पठाएको राहत प्रभावित क्षेत्रमा पुगिसकेको भारतीय अधिकारीहरुले बताएका छन् । तानीबानी नेतृत्वसंग भारत सरकारले जुन २ मा छलफल गर्दै सुरक्षाको प्रत्याभूति हुने भएपछि पुनः दूतावास खोल्न तयार भएको भारतीय सञ्चारमाध्यमले जनाइरहेका छन् ।

तालिबानीको सत्ता कब्जापछि बन्द भएकामध्ये हालसम्म भारतसहित १५ देशले पुनः दूतावास सञ्चालन गरिसेको बताइन्छ । अफगानिस्तानमा तालिबानीहरुले सत्ता नियन्त्रणमा लिएपछि विश्वका धेरै देशहरुलेले आफ्ना दूतावास बन्द गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.