भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अफगानी महिलाहरूद्वारा अधिकार उल्लङ्घन विरुद्ध प्रदर्शन

अफगानी महिलाहरूद्वारा अधिकार उल्लङ्घन विरुद्ध प्रदर्शन

काबुल । अफगानिस्तानका महिलाहरूको एउटा समूहले बिहीबार काबुलमा तालिबानले उनीहरूको अधिकारको उल्लङ्घन गर्दै सरकारी संस्थाहरूबाट महिलाहरूलाई हटाएकोमा विरोध प्रदर्शन गरेको छ। समूहले अफगानिस्तानको महिला निजामती सेवा रोजगार को ब्यानरसहित विरोध प्रदर्शन गर्दै तालिबानलाई महिलाहरूलाई काममा फर्कन अनुमति दिन आग्रह गरेको टोलो न्युजले उल्लेख गरेको छ । कामचलाउ सरकारका पदाधिकारीले सरकारी संस्थामा महिलालाई काम गर्न दिने वा नदिने भन्ने निर्णय आफूले गर्ने बारम्बार बताउँदै आए पनि उनीहरूको भविष्य अझै स्पष्ट हुन सकेको छैन ।

महिला कर्मचारीहरू जसको काम घटाइएको छ वा बदलिएको छ । पुरुष कर्मचारीहरूको उपस्थितिको कारणले उनीहरूको तलब पाउने कुनै आशा छैन, निजामती सेवामा कार्यरत कर्मचारी समिरा आजमीले भनिन्। यी महिलाहरूका अनुसार उनीहरू १० महिनादेखि काम गर्न असमर्थ छन् । हामी आफ्नो धार्मिक अधिकार जोगाएर काममा फर्कन चाहन्छौं, निजामती सेवामा कार्यरत फयकाले भनिन्। प्रदर्शनकारीहरूले देशमा छैठौं कक्षाभन्दा माथिका छात्राहरूले अध्ययन गर्ने विद्यालयहरू पुनः सञ्चालनको माग गरेको टोलो न्यूजले उल्लेख गरेको छ ।

हाम्रो माग, हाम्रा छोरीहरूका लागि विद्यालय खोल्नुहोस्, अन्यथा, हामीले हाम्रा छोरीहरूलाई विदेश पठाउनुपर्नेछ, अफगानिस्तानको महिला निजामती सेवा रोजगार संघकी प्रमुख नादिरा रशिदीले भनिन्। सरकारी संस्थामा अधिकांश महिला कर्मचारीलाई पहुँचबाट वञ्चित गरिएको छ । तालिबानले गत अगस्टमा राज्यसत्ता नियन्त्रणमा लिएपछि सरकारी संस्थाहरूमा अधिकांश महिला कामदारहरूलाई कामको पहुँचबाट वञ्चित गरिएको छ र तिनीहरूमध्ये धेरैलाई बर्खास्त समेत गरिएको छ।

यसैबीच, तालिबानले छात्राहरूको माध्यमिक शिक्षा निलम्बन गर्दै हिजाबलाई कडा रूपमा लागू गरेको छ। उनीहरूले अफगान महिलाहरूलाई राजनीतिक र सार्वजनिक जीवनमा भाग लिनको लागि कुनै अवसर प्रदान गरेका छैनन् । लैङ्गिक विभेद पूर्ण कडारूपमा लागू गरिएको छ । गत वर्ष अगस्टदेखि अफगान महिलाहरू विरुद्ध तालिवानको अत्याचार निरन्तर बढ्दै गएको छ र महिला अधिकार विरुद्ध प्रतिबन्ध लगाएको छ।

 


Thali Mobile Pvt.Ltd.