भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानी सुरक्षा कारबाहीमा १०९ लडाकु मारिए

अफगानी सुरक्षा कारबाहीमा १०९ लडाकु मारिए

कान्दहर । अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएका छन् । देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो । सो घटनामा अरु आठ जना घाइते भएका थिए ।

शुक्रबार बिहान लडाकूहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् । अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ ।

लगातारका ठूला ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी लाखौँ अफगानीहरु विस्थापित भएका छन् । लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि अन्त्य हुनभने सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.