भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

अमेरिका इरानको सम्बन्ध सुधारको संकेत

अमेरिका इरानको सम्बन्ध सुधारको संकेत

काठमाडौं । अमेरिकाले इरानमाथि लगाइएका प्रतिवन्धहरू खुकुलो बनाउदै गएको छ । इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुर्नजीवित गर्न उस्ले इरानमाथि लगाइएका केही प्रतिबन्ध खुकुलो बनाउदै गएको हो । अमेरिकी र इरानी कूटनीतिज्ञहरूको संयुक्त विस्तृत कार्ययोजनालाई पुर्नस्थापित गर्ने प्रयासमा कतारमा दुवै देशका अधिकारीहरूबीच अनौपचारिक वार्तासमेत भएको जनाइएको छ ।

उक्त वार्तामा बहुपक्षीय सम्झौता गरी इरानमाथि लगाइएका प्रतिवन्धहरू क्रमश : हटाउन अमेरिका सहमत भएको जनाइएको छ । सम्झौतासँगै इरान युएई र हङकङमा रहेका धेरै व्यक्ति र फर्ममाथि लागेको आरोप पुष्टि नहुने बताइएको छ ।आणविका सम्झौता पुर्नविचार गर्ने बारेमा इरानलाई दबाब दिन अमेरिकाले पूर्वी एसियामा अमेरिकी अनुमोदित इरानी पेट्रोलियम र पेट्रो केमिकल उत्पादन र बिक्री गर्न सहज भएको छ ।

अमेरिकाको यो कदमसँगै राष्ट्रपति जो बाइडेनको आगामी हप्ता हुने इजरायल र साउदी अरबको भ्रमणसँगै इरानसँगको सम्झौता पुनर्जीवित गर्ने सम्भावना कम भएको विश्लेषकहरूले बताएका छन् । अमेरिकाले यसअघि ती मुलुकका केही व्यक्ति र फर्महरूलाई सयौं मिलियन डलरको इरानी पेट्रोलियम पदार्थ इरानी कम्पनीहरूबाट ढुवानी र बिक्रीमा सहयोग गरेको आरोप लागेको थियो ।

 


Thali Mobile Pvt.Ltd.