भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने |

अमेरिकाले जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्ने काम तत्काल बन्द गर्नपर्छः प्रवक्ता वाङ

अमेरिकाले जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्ने काम तत्काल बन्द गर्नपर्छः प्रवक्ता वाङ

एजेन्सी । सिरियामाथि लगाइएका सबै एकपक्षीय प्रतिबन्धहरु तत्काल हटाउन चीनले आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई गैरकानूनी एकपक्षीय प्रतिबन्धहरू तत्काल हटाउन र मानवीय प्रकोप सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गरेका हुन् ।

प्रवक्ता वाङले अमेरिकाद्वारा सिरियामा लगातार सैन्य हस्तक्षेप, गैरकानुनी एकतर्फी प्रतिबन्धले सिरियाको अर्थतन्त्र र जनताको जीविकोपार्जनमा गम्भीर सङ्कट थपेको उल्लेख गरे ।

भूकम्पपछि अमेरिकी पक्षले लगाएको एकतर्फी प्रतिबन्धले सिरियामा पहिलो ७२ घण्टामा उद्धार कार्यमा बाधा पु¥याएको र अमेरिकी पक्षलाई भूराजनीतिक जोडघटाउलाई पन्छाएर सिरियामाथि लगाइएको सबै अवैध एकपक्षीय प्रतिबन्ध तुरुन्त हटाउन अनुरोध गरे ।

उनले भनेका छन् अमेरिकाले जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्ने काम तत्काल बन्द गर्न पर्छ ।

 


Thali Mobile Pvt.Ltd.