भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

अमेरिकी प्रतिबन्धले नागरिकको स्वास्थ्यमा असर गरेको इरानको दाबी

अमेरिकी प्रतिबन्धले नागरिकको स्वास्थ्यमा असर गरेको इरानको दाबी

तेहरान, । संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण सबै इरानी नागरिकको जीबिकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दावी गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले वासिङ्टनले लगाएको अन्धाधुन्ध प्रतिबन्धका कारण इरानी अधिकारी र सर्बसाधारण व्यक्तिहरूसमेत निशानामा परेको र यसले उनीहरूको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर पारेको बताउनुभएको छ ।

कनानीले इन्स्टाग्राममार्फत गरेको सन्देशमा लेख्नुभएको छ, “हरेक दिन एउटा बहानामा इरानविरुद्ध प्रतिबन्धको नयाँ सूची जारी गरिन्छ । यस पटक इरानी गृहमन्त्री, सञ्चारमन्त्री र अन्य पाँच इरानी अधिकारीलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ । एपिडर्मोलिसिस बुलोसा ईबी बाट पीडित बालबालिकालाई समेत ‘एकपक्षीय, गैर–कानूनी, अन्यायपूर्ण प्रतिबन्धहरू’ बाट छुट दिइएको छैन ।

बिहीबार अमेरिकी वित्त विभागले राजधानी तेहरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु पछि ‘विरोध प्रदर्शनलाई दबाएको’ भन्दै इरानका आन्तरिक तथा सञ्चार मन्त्रीहरू क्रमशः अहमद वाहिदी र इसा जारेपोर तथा अन्य पाँच इरानी सुरक्षा अधिकारीहरूविरुद्ध नयाँ प्रतिबन्धहरू जारी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.