भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण

अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण

वासिङटन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उहाँलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उहाँले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसक्नुभएकोले उहाँलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।उहाँ अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहनुभएको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुश नगर्नुभएको र घरबाटै काम गर्नेगरी तयारी गर्नुभएको पनि जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.