काठमाडौं । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
भारतीय विदेश सचिव फर्किएलगत्तै भएको चिनियाँ रक्षामन्त्रीको आगमनलाई अर्थपूर्ण मानिएको छ ।विमानस्थलबाट सीधै चिनियाँ दूतावास पुगेका उनले औपचारिक भेटवार्तालाई तीब्रता दिएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम पनि तय भएको छ ।
जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।
