भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

आगलागी हुँदा सात पसल नष्ट

आगलागी हुँदा सात पसल नष्ट

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित बीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसल जलेका छन् । विद्युत् चुहावट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।

आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । सामान जलेर नष्ट भएको र क्षतिको विवरण सङ्कलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगो नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले बताए । आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.