भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आचार्य बालकृष्णको जन्मोत्सव मनाइँदै

आचार्य बालकृष्णको जन्मोत्सव मनाइँदै

काठमाडौँ । जजडीबुटीको अध्ययन र अनुसन्धानमा लाग्नुभएका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ । स्याङ्जा जिल्लामा जन्मनुभएका उहाँले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पुयाउनुभएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन सहयोग गर्दै आउनुभएको छ । नेपालका सबैजसो जिल्लामा खुलेका पतञ्जलि योग समितिमार्फत योग र आयुर्वेदको प्रचारप्रसारमा पनि आचार्य बालकृष्णको योगदान छ ।

यस अवसरमा पतञ्जलि समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । आजका दिनलाई जडीबुटी दिवसका रुपमा मनाउनाका साथै सात प्रदेशका ३५ जिल्लामा गुर्जो, पत्थरचट्टा, बाह्रमासे फूल, पारिजात, लेमनग्रास, तुलसीलगायत जडीबुटी रोपण गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए। सो अवसरमा गुर्जोको चिया र यसबाट बनेको धुलो औषधि पनि निःशुल्क वितरण गरिने जनाइएको छ ।

बुधबार एक हजार पाँच सय यस्ता जडीबुटीजन्य बिरुका रोप्नका लागि पठाइएको बताए । यसैगरी समितिले पनि अरू थप जडीबुटीका बिरुवा रोप्ने भएको छ । प्रत्येक वर्ष अगष्ट ४ का दिन आचार्य बालकृष्णले जन्मोत्सव मनाउने गर्नुभएको जनाइएको छ । यस वर्ष आजका दिन कामिनी एकादशी व्रत पनि परेकाले विशेषरुपमा तुलसी रोपणलाई प्राथमिकता दिइएको गुर्जो अभियानकर्मी राजलवटले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.