भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आज फेरी प्रचण्ड –माधव र केपी ओलीबीच बालुवाटारमा वार्ता

आज फेरी प्रचण्ड –माधव र केपी ओलीबीच बालुवाटारमा वार्ता

१ श्रावण २०७७ काठमाडौं । नेकपाका तीन शीर्ष नेता बालुवाटारमा वारपारको वार्तामा जुटेका छन् । ६ दिन सम्म कुनै निष्कर्ष ननिकालेका नेताहरु फेरी वारपारको सम्वादमा जुटेको दाहाल सचिवालयले जनाएको छ ।

निकास नदिएपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालबीच आज वार्ता भइरहेको बताइएको छ । ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि माधव नेपाल पनि आजको वार्तामा सहभागी भएका हुन ।

एक व्यक्ति एक पदको कुरालाई मुख्य विषय बनाएर कुराको उठान भएको स्रोतले बतायो । असार १० गतेबाट सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि पार्टी फुटको संघारमा पुगेको थियो । त्यसै कारण स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.