भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

आठ उद्यान निर्माण हुँदै

आठ उद्यान निर्माण हुँदै

लमजुङ । निर्धारित समय काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम शुरुआत गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो । चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम शुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिकामा निर्माण भएको डा हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ । यी दुवै उद्यानको बजेट रु पाँचरपाँच लाख थियो । त्यस्तै रु १० लाख बजेट रहेको राइनास नगरपालिका–३ हरित बाल उद्यान, रु पाँचरपाँच लाख बजेट रहेका बेँसीशहर–११ को मदन–आश्रित स्मृति उद्यान र दोर्दी–४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ । त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ ।

जसमा रु १० लाख बजेट रहेको राइनास नगरपालिका–४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, रु पाँच लाखमा मस्र्याङ्दी गाउँपालिका–३ स्थित अमर माध्यमिक खुदी र रु छ लाख ९० हजारमा दूधपोखरी–२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ । बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “वन कार्यालयका आठ उद्यानसहित चालू वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन् ।

कूल रु ९५ लाख चार हजार बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, शहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवद्र्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.