भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू

सिन्धुली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटाैँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उहाँले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताउनुभयो ।

उहाँले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उहाँको भनाइ छ । चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो । उहाँले यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने बताउनुभयो ।

ग्रामीण तहदेखि नै उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने उहाँको भनाइ छ । “हातमा सीप हुनेहरुलाई उद्यमशिलताका रु पाँच लाखदेखि २५ लाखसम्म विउ पुँजी दिइनेछ”, उहाँले भन्नुभयो, “युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पँुजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

उद्यमशिलता र उद्योगको स्थापना सरकारको मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ । उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने बताउनुभयो । जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘कृषि उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौँ, समृृद्धि र सम्मुनत सिन्धुली निर्माणका लागि अघि बढौँ’ नाराका साथ सुरु भएको महोत्सव पुस १८ सम्म सञ्चालन हुनेछ । महोत्सव उद्घाटनमा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल, श्याम घिमिरे, प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.