भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

आप्रवासी सवार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु, बाह्र जना बेपत्ता

आप्रवासी सवार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु, बाह्र जना बेपत्ता

डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलाउन भएका उनीहरूको डुङ्गा डुब्दा ज्यान गएको हो ।

शक्तिशाली छालमा डुङ्गा डुबेको जीवित उद्धार गरिएकाहरूलाई उद्धृत गर्दै क्युवाको आधिकारीक समाचारपत्र क्युवाडेबेटले जनाएको छ । समुद्रबाट तटरक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए । डुङ्गामा सवार १२ जना अझै हराइरहेका छन् ।

विगत केही महिनायता फ्लोरिडाको समुद्री मार्गबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या बढेको छ । अमेरिकी तट रक्षकहरूले गत अक्टोबर १ देखि हालसम्म पाँच हजार तीन सय २१ जना क्युबालीलाई समुद्रमा रोकेका थिए भने त्यसअघिका पहिलो नौ महिनामा छ हजार एक सय ८२ जनालाई आफ्नो भूमिमा प्रवेश गर्न दिएका थिएनन् ।

 


Thali Mobile Pvt.Ltd.