भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

आफ्नाे कम्मर बलियाे गर्नु अरुलाई दाेष नदिनु: कालिबहादुर मल्ल

आफ्नाे कम्मर बलियाे गर्नु अरुलाई दाेष नदिनु: कालिबहादुर मल्ल

काठमाडाैं । यतिबेला संसदमा नेकपा(एमाले)संसदीय अभ्यास गर्दैछ सम्माननीय सभामुखलाई धित मरुन्जेल गाली गरेर ! सभामुखले एमाले फुटाएकाे आरोप एमालेले लगाएकाे छ । के सभामुखले कुनै पार्टी फुटाउन सक्छ ? त्याे कस्ताे पार्टी हाे अरुले फुटाउँदा फुटिहाल्ने? कति कम्जाेर धरातलमा खडा रहेछ एमाले ? कस्ताे नेतृत्व हाे एमालेकाे, जसले आफ्नाे शक्तिलाई एकतावद्ध गर्न नसकेर अरुले जाेगाईदिनु पर्ने ?

एमालेकाे यसरी फुट्याे
नेकपा माओवादी केन्द्रसँगकाे एकता केपी सत्तामा जाने भर्याङ मात्रै थियाे । केपी सुध्रिएकाे बुझ्नु माओवादीकाे कम्जोर बुझाईकाे परिणाम हाे । तर एमाले नवाैं महाधिवेशनबाट केपी सत्तामा पुगेपछि सिद्धान्त र वर्गिय राजनीति परित्याग गरि मनाेमानी चल्न थाले पछि अन्तरविरोध देखा पर्छ । तर पार्टी एकता पछि अन्तरविरोध “पर्ख र हेर”काे स्थितिमा हुन्छ । जब पार्टीको केन्द्रीय समिति खास (दाेस्राे )बैठक बस्छ र सफल हुन्छ एमाले फुट्काे विजाराेपण ।

जस्तै –
१)केन्द्रीय समितिले केपीकाे चाहाना अनुसार निर्णय गरेन जस्ताे MCC काे अध्ययन गर्ने समिति गठन गर्नु,लिपुलेख सहितकाे नयाँ नक्सा सार्वजनिक गर्न निर्णय गर्नु लगायत बैठककाे समापन पछि रिसाेर्ट क्लबमा आफ्नाे गुट भेला गर्नु, याेजनावद्ध एमाले दर्ता गराउनु ।

२)आफु सिंगाे पार्टी मा अल्पमतमा परेपछि पार्टी बैठक नडाकि मनाेमानी सरकार चलाउनु, केपी समर्थकलाई विभिन्न लाभकाे पदमा नियुक्ति गर्नु, नेपाल पक्षकालाई DNA परिक्षण गरी पाखा लगाउनु ।

३)गत भदौकाे स्थायी समितिले पास गरेकाे अपानि स्थानीय कमिटिमा नपुग्दै पार्टी र सहयाेद्धा नेताहरुलाई जानाकारी नगराई राजदूत र संवैधानिक आयाेगमा एकलाैटी नियुक्त गर्नु, त्यसकाे तयारी गर्न चल्दै गरेकाे संसद स्थगित गरी अध्यादेश ल्याउनु ।

४)आफ्नै २/३ काे संख्यालाई हुत्याएर संसद विघटन गर्नु,जसकाे कारण पुस ७ गते पार्टीकाे बैठक कार्की पार्टी प्यालेस र केपी गुटकाे बैठक बालुवाटार बस्याे । यहाँ एमाले फुटाउने भूमिका सभामुखकाे कहानेर छ ?

५)फाल्गुन २३ काे अदालतकाे फैसलापछि पुर्वाबस्थामा फर्किएकाे एमालेमा नेपाल र नेपाल पक्षकाे हुर्मत लिने गरी कार्बाहि गरियाे । स्पष्टिकरण, निष्कासन र आम माफिकाे गित गाईयाे ।

६)आफ्नै शक्तिलाई पाखा लगाएर सत्ताकाे हिसाब मिलाउन, सत्ता टिकाउन, जसपाकाे एक हिस्सालाई समेटेर करारका नियुक्ति झैं भटाभट मन्त्री बनाईयाे । यहाँनेर एमाले फुटाउन सभामुखकाे भूमिका कहानेर रह्याे ?

७)नवनियुक्त मन्त्रीहरु अदालतकाे निर्णयले बर्खास्त भएपछि लम्पसार परेका केपी विश्वासकाे मत लिन्न भन्दै रातारात पुन:संसद भंग गर्नु । संघिय गणतन्त्र नै समाप्त पार्ने गरी गरिएकाे संसद विघटनलाई पुनः सर्वाेच्चद्वारा बदर र परमादेश जारी भएपछि प्रतिपक्षमा पुगेका केपीले सदनमा सम्बाेधन गर्दा अपनाएकाे शैली प्रधानमन्त्री देउवातर्फ हेर्दै हात जाेडेर बनाउनुस मन्त्री,फ्या फ्या,स्याँ स्याँ, हिरिक्क हिरिक्क गर्दैछन्,अघिपछि लगाई हाल्नु भाे, दिनुस् न मन्त्री पार्टीमा हुने क्षति सहुला बुझाउला !

याे भनाई पार्टी एकता हाे कि फुट ? आफ्नै सांसदलाई अन्तर्राष्ट्रिय बेईजत हुनेगरी बाेलेर फुटकाे घाेषणा गरेर सभामुखलाई पार्टी फुटाएकाे आराेप लगाउँदा कसैले पत्याउछ ? याे आवेग पुर्ण कुरा कमरेड माधवकुमार नेपालसंग बदला लिन गरिएकाे प्रतिशाेध बाहेक अरू केही हाेइन, र केपीकाे पुर्ण कार्यकाे असफलता हाे । यसमा सभामुखलाई दाेष लगाउनु आफ्नाे नेतृत्व सम्बन्धी असफल्ताकाे परिचय मात्रै हाे ।

Mohotsav


Thali Mobile Pvt.Ltd.