भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आफ्नो रंगशालालाई इटलीको नापोलीले म्याराडोना नामाकरण गर्ने

आफ्नो रंगशालालाई इटलीको नापोलीले म्याराडोना नामाकरण गर्ने

काठमाण्डौ । स्वर्गीय खेलाडी डिएगो म्याराडोनाको नामबाट इटलीको नापोलीले आफ्नो रंगशालालाई नामाकरण गर्ने भएको छ । अर्जेन्टीनाका पूर्व मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि नापोलीले आफ्नो रंगशालाको नाम म्याराडोनाको नामबाट नामकरण गर्ने भएको हो ।

सन् १९८४ मा बार्सिलोनाबाट नापोली पुगेका म्याराडोनाले त्यहाँ ७ वर्ष बिताएका थिए । सिरी ुएु बाहेक उनले क्लबलाई सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप र इटालियन कपको उपाधि पनि दिलाएका थिए ।
म्याराडोनाले नापोलीलाई सन् १९८७ र १९९० मा सिरी ुएु उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । नापोलीको सिटी काउन्सिलको बैठकले स्टुडियो सान पाउलोलाई डिएगो अर्मान्डो म्याराडोना नामबाट सम्बोधन गर्न स्वीकृति दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.