भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आरसीटी र एनआरटी उपत्यका बाहिर मैदन हेर्दै

आरसीटी र एनआरटी उपत्यका बाहिर मैदन हेर्दै

१४ असार २०७७ धार्के । नेपाली फुटबलमा लामो इतिहास बोकेका रानीपोखरी कर्नर टिम (आरसीटी) र न्युरोड टिम (एनआरटी) क्लब नेपाली फुटबल क्षेत्रमा अग्रपंत्तिका नाम हुन् ।

बढ्दो सहरीकरण र अतिक्रमणको चपेटामा टुँडिखेल परेपछि काठमाडौंसँगै जोडिएको धादिङको धुनिबेँसी नगरपालिकास्थित धार्केमा अभ्यास मैदान र एकेडेमी बनाउने तयारीमा यी क्लव जुटेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालको समन्वय र अखिल नेपाल फुटबल संघ (एन्फा)को पहलमा आरसीटी र एनआरटीले करिब ३३ रोपनी क्षेत्रफलको मैदानलाई एकेडेमीका रूपमा विकास गर्ने तयारी थालेका हुन् ।

दुवै क्लबका पदाधकारीले फुटबल मैदानको निरीक्षण समेत गरेका छन् । फुटबलको आधुनिकतालाई आत्मसात् गर्न राजधानी छाड्नुको विकल्प नभएको ठहरमा रहेका यी दुबै क्लवले नयाँ सोच बनाएका छन् । ६ पटकको ‘ए’ डिभिजन लिग विजेता आरसीटी र चार पटकको विजेता एनआरटीले आफ्नो सोच परिवर्तन गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.