आलोचना संसदको रेकर्डबाट हटाएपछि प्रतिनिधिसभाको बैठक सुचारु

आलोचना संसदको रेकर्डबाट हटाएपछि प्रतिनिधिसभाको बैठक सुचारु

काठमाडौं । एमालेका सांसदहरुले अध्यक्ष ओलीप्रति संसदीय मर्यादाविपरीत शब्द प्रयोग गरेको भन्दै अवरुद्ध गरेको प्रतिनिधिसभाको बैठक फेरी सुचारु भएको छ ।

बिहान ११ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीको घोचेरै आलोचना गरेका थिए ।

बिहीबार ओलीले ३ घण्टा लगाएर दिएको मन्तव्यमा सरकारको ठूलो आलोचना गरेको भन्दै जवाफ दिने क्रममा मन्त्री बडुले पनि आलोचना गरेका थिए ।

उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै एमाले सांसदहरुले संसदमा अवरोध गरेका थिए ।

त्यसपछि सभामुखले संसद बैठक १५ मिनेटका लागि स्थगित गरे । रोकिएको बैठक २ घण्टापछि सुरु भएको हो । सभामुख सापकोटाले मन्त्रीले दिएको असंसदीय शब्द हटाउन रुलिङ गरेपछि बैठक सुरु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.