काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५-२ गोलले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले दुई दुई गोल गरे । इल्के गुन्डोगानले एक गोल गरे ।
साउथह्याम्पटनका जेम्स वार्ड र चे एडम्सले एक एक गोल फर्काए । जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडमाथि १४ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको २९ खेलमा ६८ अंक छ । दोस्रो स्थानको युनाईटेडको ५४ अंक रहेको छ ।
