भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए ।

चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी दोस्रो स्थानमा यथावत छ । सिटीको १४ खेलमा ३२ अङ्क छ । एस्टन भिल्ला १६ अङ्कसहित १३ औं स्थानमा छ ।

अर्को खेलमा एभर्टनलाई लिभरपुलले ४–१ गोल अन्तरले हराएको छ । लिभरपुलको १४ खेलमा ३१ अङ्क भएको छ । एभर्टनको १६ खेलमा १४ अङ्क छ । आज बिहान भएका अरु खेलमा साउथह्याम्पटन र लेस्टर सिटी, उल्भ्स र बर्नली तथा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् ।

साउथह्याम्पटन र लेस्टरले २–२, वेस्टह्याम र ब्राइटनले १–१ तथा उल्भ्स र बर्नलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । बर्नली १३ खेलमा १० अङ्कसहित पुछारबाट तेस्रो स्थानमा छ । उल्भ्सको १४ खेलमा २१ अङ्क भएको छ । उल्भ्स छैटौँ स्थानमा कायमै छ । १४ खेलमा १० अङ्क रहेको नर्विच सिटी १९ र समान खेलमा ७ अङ्क रहेको न्युक्यासल पुछारमा छ ।

 


Thali Mobile Pvt.Ltd.