भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा संकटकाल पनि लागेकोले यसबाट नागरिकहरु बाच्न पाउने तथा दैनिक अधिकारहरुमाथि असर परिरहेकोप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले यहाँ हिंसाको अन्त्य गर्न तथा अप्ठेरोमा परेका नागरिकलाई मानवीय सहायताका लागि तत्परता देखाउन पनि सरकारलाई आग्रह भनिएको छ । यहाँको हिंसामा सत्रुता बढ्दै जाँदा यसबाट इथियोपियाका नागरिकले नै दुःख पाउने भएकाले यसतर्फ सरकार तथा अरु विपक्षी तथा विद्रोहीहरुले सोच्नुपर्ने महासचिव गुटर्रेसको भनाई छ ।

विशेषगरी उत्तरी इथियोपियाको टिगरे क्षेत्रमा यस्तो हिंसाको अवस्था देखा परिरहेको छ । जसका कारण यहाँ मानवीय सहयताको खाँचो परेको छ ।बालबालिकादेखि महिलाहरु समस्यामा परेका छन् । सो क्षेत्रमा हिंसा जारी रहँदा यहाँका नागरिकले खाना, पानी र औषधि पनि पाउन नसकेको बताइएको छ । केही हप्तायतादेखि उत्तरी इथियोपियाको टिगरेलगायतका क्षेत्रमा संघर्ष जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.