भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा संकटकाल पनि लागेकोले यसबाट नागरिकहरु बाच्न पाउने तथा दैनिक अधिकारहरुमाथि असर परिरहेकोप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले यहाँ हिंसाको अन्त्य गर्न तथा अप्ठेरोमा परेका नागरिकलाई मानवीय सहायताका लागि तत्परता देखाउन पनि सरकारलाई आग्रह भनिएको छ । यहाँको हिंसामा सत्रुता बढ्दै जाँदा यसबाट इथियोपियाका नागरिकले नै दुःख पाउने भएकाले यसतर्फ सरकार तथा अरु विपक्षी तथा विद्रोहीहरुले सोच्नुपर्ने महासचिव गुटर्रेसको भनाई छ ।

विशेषगरी उत्तरी इथियोपियाको टिगरे क्षेत्रमा यस्तो हिंसाको अवस्था देखा परिरहेको छ । जसका कारण यहाँ मानवीय सहयताको खाँचो परेको छ ।बालबालिकादेखि महिलाहरु समस्यामा परेका छन् । सो क्षेत्रमा हिंसा जारी रहँदा यहाँका नागरिकले खाना, पानी र औषधि पनि पाउन नसकेको बताइएको छ । केही हप्तायतादेखि उत्तरी इथियोपियाको टिगरेलगायतका क्षेत्रमा संघर्ष जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.