भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

इन्डोनेसियामा ‘सेरोजा’ आँधीको बाट १७८ जनाको मृत्यु

इन्डोनेसियामा ‘सेरोजा’ आँधीको बाट १७८ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस प्रकोपबाट १७९ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना हराइरहेका सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइ सोमबार साँझमा जानकारी दिनु भएको थियो । इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोबाट दर्जनौ व्यक्तिको मृत्यु भएको थियो । सयौंको संख्यामा विस्थापित भएका थिए ।

यद्यपी मंगलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् । उहाँका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए । बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त भएको पनि समाचारमा जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.