भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

इन्धन बचत गर्न बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

इन्धन बचत गर्न बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

एजेन्सी । विश्व बजारमा अस्वभाविक इन्धनमा भएकाे मूल्यवृद्धिका कारण दक्षिण एसियाका मुलुकहरू प्राभावित बनेका छन् । यसकै कारण श्रीलंका लामो समयदेखि गहिरो आर्थिक सङ्कटमा फसेको छ भने पछिल्लो समय पाकिस्तान र बंगलादेशले उर्जा संकट व्यहाेरेका छन् ।

ऊर्जा र इन्धनकाे महंगीले अाकाश छुन लाग्दा दक्षिण एसियाका मुलुक बंगलादेश र पाकिस्तानले उर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप  राति पसल खोल्ने समय सीमा तोकेका छन् । बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न निर्देशन दिएकाे छ । प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको बताइएकाे छ ।

यता पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तमा पनि पाकिस्तानी सरकारले राति ९ बजेभित्र सबै व्यावसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको उल्लेख गरेकाे छ । यसरी उर्जाकाे बचत गर्ने तरिका अपनाइएकाे बताएकाे छ । पछिल्लाे समय ताप लहरका कारण पाकिस्तानमा ऊर्जा अभाव बढेको विश्लेषकहरूले बताएका छन् ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको छ । गत वर्ष डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेल मार्चमा मूल्य १२४ डलरमा उक्लिएको थियो । अहिले प्रति ब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.