काठमाण्डौ । सञ्चार उपकरणमा देखिएको समस्या समाधान भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ । बिहान ६ बजेअघि नै प्राविधिक समस्या देखिएकाले उडान अवतरणमा समस्या भएको थियो ।
बिहानदेखि नै जहाज उडानमा ढिलाइ भएकाले दिनभरि नै उडान सेवा भने प्रभावित हुने जनाइएको छ । पुराना उपकरणका कारण बेलाबेलामा यस्तो समस्या आउने गरेको उल्लेख गरिएको छ । राडारमा समस्या देखिँदा उडान तोकिएको समयभन्दा आधा घण्टा ढिलो भइरहेको छ ।
