भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले गरे प्रधानमन्त्रीसंग भेटवार्ता

उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले  गरे प्रधानमन्त्रीसंग भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग राष्ट्र संघका उपमहासचिवले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार विहान राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले भेटवार्ता गरेका हुन ।

उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । मंगलबार नै उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए ।

उक्त भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ । प्रधानमन्त्री संगको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.