भर्खरै : Sorry, your browser does not support inline SVG.
उच्च शिक्षाको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट, त्रिविले आवेदन लिन बन्द गर्‍यो | रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन | हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र | सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो | ५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन | तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण | आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो | अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड |

एक हजार ८७४ खरका छाना विस्थापन गरिने

एक हजार ८७४ खरका छाना विस्थापन गरिने

कास्की । आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार रु ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ ।

खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय सहजीकरण समिति सदस्य बैनबहादुर अधिकारीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.