भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

एमसीसी पारितका लागि सर्वदलीय बैठक बस्दै

एमसीसी पारितका लागि सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको देउवाको सचिवालयले जनाएको छ ।

बैठक आज अपराह्न ४ बजे बस्ने सचिवालयले जनाएको छ । संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बैठकमा बोलाइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदको अवरोध, एमसीसीलगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाकेका हुन ।

सत्ता गठबन्धनका सहयात्री नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा देखिएका छन् । तर सरकारमाथि भने एमसीसी टेबल गर्न दबाव परेको छ ।

आफू सरकारमा हुँदा संसदबाट पारित गर्न खोज्ने विपक्षी नेकपा एमाले अहिले पर्ख र हेरको नीतिमा अडिक छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित हुने जनाएको छ ।

एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएपछि एमाले उक्त बैठकमा सहभागी नहुने विशाल भट्टराईले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.