भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

एमसीसी पास गर्ने नेतालाई नेपालमा बस्ने अधिकार छैन् : सांसद सुवाल

एमसीसी पास गर्ने नेतालाई नेपालमा बस्ने अधिकार छैन् : सांसद सुवाल

काठमाडौं । एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले राजधानीको बानेश्वरमा प्रर्दशन गरेको छ । सत्ता गठबन्धनले बुधबार एमसीसी संसदमा टेवल गर्ने तयारी गरेपछि नेपाल मजदुर किसान पार्टीले एमसीसी समझौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । राजधानीको कोटेश्वरबाट नाराजुलुश सहित बानेश्वरस्थित संसदभवन अगाडि कोणसभामा परिणत भएको सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले एमसीसी पारित गर्ने नेताहरुलाई जनताले देश निकाला गर्ने चेतावनी दिए ।

सचिव सुवालले जनताको व्यापक विरोधका कारण एमसीसी संसदमा टेवल नभएको जानकारी दिदै पाँच दलको सरकारले एमसीसी पारित गर्ने चेष्टा गरे श्रीलंकाको जस्तै हालत भौग्नु पर्ने बताए । आफूले प्रधानमन्त्री शेरवहादुर देउवासंगको बैठकमा पनि एमसीसी पास गर्ने दललाई श्रीलंकामा सत्ताबाट खसालेजस्तै चुनावमा जनताले खसाल्ने बताएको उनले जानकारी दिए । एमसीसी विष भएको बताउदै सांसद सुवालले नेपालमा अमेरिकाको लगानी किन ? भन्दै प्रश्न समेत गरे । उनले भने नेपालकै खर्वपतिले नेपालमा लगानी गर्ने र नेपालमा हुने भ्रष्टाचार मात्रै नियन्त्रण गरेको खण्डमा हजारौं एमसीसी नेपालमै छ ।

सांसद सुवालले अहिले अमेरिका संसारबाट एक्लिदै गएको बताउदै सरकारमा बस्ने नेताहरु अमेरिकी मन्त्रीको धम्किमा नझुक्न नहुने बताए । उनले एमसीसी पास गर्ने नेतालाई नेपालमा बस्ने अधिकार नभएकाले नेपाली जनाताले देश निकाला गर्ने दाबी गरे । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्ली काफ्ले, नेता राजवीर डंगाेल, बागमती प्रदेश सभा सदस्य सिर्जना सैंजु, विद्यार्थी नेता सुरेश परियार लगायतले एमसीसी विरुद्ध आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

 

 

भिडियाे…

 


Thali Mobile Pvt.Ltd.