भर्खरै : Sorry, your browser does not support inline SVG.

एमसीसी सम्झौता अनुमोदन भए देशको सार्वभौमिक्ता खतरामा पर्ने : बिजुक्छेँ

एमसीसी सम्झौता अनुमोदन भए देशको सार्वभौमिक्ता खतरामा पर्ने : बिजुक्छेँ

भक्तपुर । इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि हितकर नभएको भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले एमसिसी सम्झौता अनुमोदन भए देशको सार्वभौमिक्ता खतरामा पर्ने बताएका छन् । नेपालको ऐनकानुन नै नचल्ने खतरा हुने भन्दै बिजुक्छेँले एमसीसी विरुद्धको विचार राखे ।

ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको संयुक्त आयोजनामा आज भक्तपुरमा भएको ‘एमसिसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयको अन्तरक्रियामा उनले यस्तो विचार व्यक्त गरेका हुन् । कार्यक्रममा संघीय सांसद तथा नेमकिपाका सचिव प्रेम सुवालले एमसिसी सम्झौता अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल गराउने सम्झौता भएको विचार व्यक्त गरे ।

सरकारले विनाशर्त कुनै पनि विदेशी सहयोग स्वीकार गर्न नहुने भन्दै भक्तपुरनगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसिसी स्वीकार गर्न नहुने तर्क अघिसारे। ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ सुजन माकले एमसिसीका बारेमा कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रमा अमेरिकाले अगाडि सारेको हिन्दप्रशान्त रणनीतिकै एक अङ्ग एमसीसी भएको दावी गरे ।

हिन्द प्रशान्त रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्दै ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य इ सुनिल दुवालले अमेरिकाले चीनविरुद्ध लड्न अन्य शक्ति राष्ट्रलाई आफ्नो खेमामा तान्ने प्रयास स्वारुप यस्तो सम्झौता अगाडि ल्याएको बताए।

Mohotsav


Thali Mobile Pvt.Ltd.