एमाले केन्द्रीय कमिटि बैठक च्यासलमा

एमाले केन्द्रीय कमिटि बैठक च्यासलमा

काठमाडौं । विभिन्न ११ वटा एजेन्डामा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुने नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटीका लागि बिहीबार पोलिटव्यूरो बैठकले विभिन्न ११ वटा एजेन्डा तय गरेको थियो ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारी र आवश्यक रणनीति बनाउने,

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने, गत वैशाखमा भएको स्थानीय चुनावबारे पनि समीक्षा गर्ने तयारी भएको रिजाले बताए ।

 


Thali Mobile Pvt.Ltd.