भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस

एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस

रामपुर (पाल्पा) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)ले पाल्पाबाट उम्मेदवार सिफारिस गरेको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको छ । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र विष्णु जिसीको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा भने एमाले पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेको एकल उम्मेदवारी परेको छ ।

आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले नेता गैरेलाई एकल उमेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।क्षेत्र नं १ प्रदेशसभा (क) बाट राजुप्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने र कृष्णबहादुर सारु तथा महिलातर्फ सञ्जु परियार र ईश्वरी खनाल सिफारिस हुनुभएको छ । प्रदेशसभामा (ख) बाट कृष्णप्रसाद रेग्मी, खेमबहादुर सारु, विनोदकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, तुल्सीराम भुसाल, विमल काफ्ले, विजय रानाभाट, ईश्वरी न्यौपाने र एकप्रसाद भण्डारी तथा महिलातर्फ उर्मिला अर्याल र कल्पना केसी सिफारिस हुनु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.