भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमालेको अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

एमालेको अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ ।

नेकपा एमालेका सांसदहरुको विरोधका बीच दोस्रो पटक बसेको बैठकमा अर्थमन्त्री जर्नादन शर्माले उक्त विधेयक पेश गरेका हुन् । नैतिकताको आधारमा अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने सांसदहरुको माग रहेका बेला उक्त विधेयक राष्ट्रिय सभामा पेश भएको हो ।

शुक्रबार संसदमा पेश भएको उक्त विधेयकका विभिन्न शीर्षकमाथिको छलफल क्रमश असार ६, ७ र ८ गते हुने र उक्त विषयहरुमा असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने घोषणा अध्यक्ष तिमिल्सिनाले गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.