भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमालेलाई मत माग्ने अधिकार छैनः गगन थापा

एमालेलाई मत माग्ने अधिकार छैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् । पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको जिकिर गरे ।

प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा गरेको कार्यक्रममा उनले यस्तो बताका हुन । थापाले भने, ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन ।’ ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे ।

तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको उनले बताए । ‘संसद विघटन विशुद्ध पार्टी भित्रको कारण हो । प्रतिपक्षमा बसेको कांग्रेसलाई आग्रह गरेर सरकार बनेको हो,’ थापाले भने ।

 


Thali Mobile Pvt.Ltd.