भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

एम्बुलेन्स पल्टिँदा सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु

एम्बुलेन्स पल्टिँदा सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ को दुई किलोमा एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गएको हो । दुर्घटनामा घरमा सुतिरहेकी ७५ वर्षकी मनमाया खड्काको ज्यान गएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

बा २० च ६३२७ नम्बरको एम्बुलेन्स घरमा पल्टिँदा त्यही घरमा सुतिरहेकी खड्काको ज्यान गएको हो । एम्बुलेन्सका चालक भागेको र चालकको तीव्र खोजी भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बाह्रबिसेमा ज्यान गएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.