एजेन्सी । रुसको उत्तरपश्चिमी सहर प्सकोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ । स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन् । रुसी सञ्चारमाध्यममा चारवटा यातायात विमानमा क्षति पुगेको जनाइएको छ ।
रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ । यसको गभर्नरले एक भिडियो सेयर गरेका छन् । जसमा विस्फोटको आवाज र आगलागी देख्न सकिन्छ ।
प्स्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको जानकारी दिएका छन् ।
पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ । युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन। युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणमा विरलै प्रतिक्रिया दिएको छ ।
