भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एयरपोर्टमा ड्रोन आक्रमण

एयरपोर्टमा ड्रोन आक्रमण

एजेन्सी । रुसको उत्तरपश्चिमी सहर प्सकोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ । स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन् । रुसी सञ्चारमाध्यममा चारवटा यातायात विमानमा क्षति पुगेको जनाइएको छ ।

रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ । यसको गभर्नरले एक भिडियो सेयर गरेका छन् । जसमा विस्फोटको आवाज र आगलागी देख्न सकिन्छ ।

प्स्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको जानकारी दिएका छन् ।

पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ । युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन। युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणमा विरलै प्रतिक्रिया दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.