भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

एलिजा ‘घुइँचो’ मा अनुबन्धित भएपछि एउटै प्रश्न, गर्लिन् त न्याय ?

एलिजा ‘घुइँचो’ मा अनुबन्धित भएपछि एउटै प्रश्न, गर्लिन् त न्याय ?

काठमाडौं । नायिका एलिजा गौतम पुनः नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । निर्माता रामजी दैलेखीको चलचित्र ‘घुइँचो’ मा उनी अनुबन्धित भएकी हुन् ।
क्यानडाबाट फर्किए लगत्तै एलिजाले घुइँचोमा साइन गरेकी छन् ।

यस अघि उनी चलचित्र ‘घिन्ताङ’ मा अनुबन्धित थिइन् । कारणबस छायांकन सुरु हुन लाग्दै गर्दा चलचित्र छोडेर क्यानडा पुगेकी थिइन् । पहिलो चलचित्र ‘अनुराग’ सफल हुन नसके पनि म्युजिक भिडिओमा भने दर्शकको मन जित्न सफल भएकी थिइन् ।

म्यूजिक भिडियोमा व्यस्त देखिएपछि अहिले उनको हातमा नयाँ चलचित्र हात परेको छ । चलचित्रको कथा आफुलाई खुब मन परेको एलिजाले बताएकी छन् । उनलाई चलचित्रको कथा मन परेपनि कथाको चरित्रलाई उनले न्याय गर्न सक्लिन् या के गर्छिन यो भने हेर्न बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.