एसएसपी बढुवाकाे तयारी, थप २ पद खाली आकाङ्क्षीकाे लर्काे धेरै

एसएसपी बढुवाकाे तयारी, थप २ पद खाली आकाङ्क्षीकाे लर्काे धेरै

काठमाडौं । नेपाल प्रहरीका उपरीक्षकलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने तयारी भएको छ । पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो ।

एक सातासम्म कुनै उजुरी नपरेपछि डिआईजी बढुवा पूर्ण भएको छ । डिआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

एसएसपीको ९ पद रिक्त रहेकोमा पुस २९ मा दुईजना एसएसपी अवकाशमा जाँने भएका छन् । डा. गणेश रेग्मी र राजकुमार बैदवार ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेको स्रोतको दावी छ । रिक्त हुने दुई सिटसहित ११ जना एसएसपीमा बढुवा गर्ने तयारी भएको छ । काँधमा एसएसपीको फुली लाउन पाउने आकाङ्क्षामा सिनियर ब्याचका १३ जना प्रहरी उपरीक्षकहरु छन् ।

०५१ मा प्रहरीमा सेवा प्रवेश गरेका विकासराज खनाल, कृष्ण कुमार महत, अर्जुनचन्द ठकुरी, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, मधुसुदन लुईटेल, मोहन पोखरेल र ध्रुवराज राउत एसएसपी बन्ने प्रतिस्पर्धामा छन् । त्यसैगरी गोविन्द शाह, उमाशंकर पञ्जियार, सुरेन्द्र मैनाली, योगबहादुर पाल र टीका बहादुर केसी पनि एसएसपीका प्रतिस्पर्धी हुन् ।

 


Thali Mobile Pvt.Ltd.