काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको इतिहासमा कलंकित सावित भएको बताएका छन् । संसद विघटन गरेर उनले कलंकको टीका लगाएको समेत दावी गरेका छन् ।
मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्दै सो पक्षका नेता कार्यक्रर्ताले चर्को विरोध मात्रै गरेनन् सडकमा ओली कदमका विरुद्ध गगनभेदी नारा समेत लगाए । काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरी प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु ओलीको बदनीयत भएको बताए ।
उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’ आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र माफी नदिने दावी गरे । असंवैधानिक र अलोकतान्त्रिक ओली कदमको सम्मानित अदालतले संविधानको मर्म र भावनालाई बुझेर फैसला गर्ने बताए ।
हेर्नुहाेस् भिडियाे…
ओली कदव सच्चीएर आउने यदि नआएको खण्डमा जनताले आँधीहुरी ल्याउने चेतावनी दिए । जनताले अब ‘बयलगाडा’को सिद्धान्तलाई बुझेर परिवर्तन विरोधी ओलीलाई पाखा लगाएर छाड्ने बताए । वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ मत दिएको भए पनि तीन वर्ष नपुग्दै यहाँ आइपुग्ला भन्ने कुरा नसोचेको र ओलीले यतिसम्म गर्लान भन्ने पनि नचिताएको बताए ।
यदि निरंकुश भएर नै गएपछि त्यो दम्ब तोडेरै देखाउने प्रचण्डले बताए । कार्यक्रमलाई संबोधन गर्दै अर्का अध्यक्ष माधब नेपालले निरंकुश बाटो समातेका केपी ओलीको आयु सकिएको बताए । केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको भन्दै निरंकुशताको बाटो सकिएको बताए । सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको दावी ।
गणतन्त्रको बर्खिलाप बलयगाढा चढेर वासिंटन नपुग्ने ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध पार्टीले उनलाई अध्यक्षबाट हटाएको बताए । केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको भन्दै बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा लागेका नेताहरुलाई शुभकामना दिए ।
अध्यक्ष नेपालले जनता अब ओली दास नबन्ने र देशलाई सहि लिगमा लिएर जान र समाजवादको दिशा तय भइसकेको बताए । नेकपा र सूर्य चिन्ह आफ्नै रहेकाले अव ओलीले दावी नगर्दा नै बेश हुने बताए । सूर्य आफ्नै भएकाले भ्रममा नपर्न आग्रह गर्दै केपी ओलीलाई जनसुनामीले बगाएर किनारमा पु¥याएको दावी गरे ।
कार्यक्रममा नेता झलनाथ खनाल पनि ओली विरुद्ध निकै खनिए । जनताको बलले अब ओली छिटै ओरालो लाग्ने र ओली पवृतिको जनताले किनारा लगाएरै छाड्ने बताए । यसैबीच प्रचण्ड माधव पक्षले दोस्रो चरणका कार्यक्रम पुस १५ गते घोषणा गर्ने भएको छ ।
दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न भोलि उपलव्ध स्थायी समितिका सदस्यहरुको बैठक बस्ने प्रवक्ता योगेश भट्टराईले बताए । भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्न १२ वजेको समय दिइएको छ भने दिउसो ३ बजे पत्रकार सम्मेलन मार्फत घोषणा गर्ने जानकारी दिए ।
